आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना भाइरस सङ्क्रमित धेरै हुने देशमा भारत दोस्रो नम्बरमा

  • प्रकाशित मिति : सोमवार, भदौ २२, २०७७



  • बीबीसी। विश्वमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङख्या अमेरिकापछि अब भारतमा धेरै भएको तथ्याङ्कले देखाएको छ। यसअघि सङ्क्रमित हुनेको सङ्ख्या भारतमा भन्दा ब्राजिलमा बढी थियो। अहिले भारतमा सङ्क्रमित हुनेको सङ्ख्या ४२ लाख पुगेको छ भने त्यहाँ सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७२ हजार नाघेको छ।

    देशको जनसङ्ख्याको हिसाबले कोभिडका कारण मानिसको मृत्यु हुने सङ्ख्या तुलनात्मक रूपमा भारतमा कम मानिन्छ। तर तीव्र गतिमा भाइरसको सङ्क्रमण ग्रामीण भेगसम्म फैलिँदै गएपछि चिन्ता बढेको छ।

    राजधानी दिल्लीमा पनि सङ्क्रमितको सङख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। तर सङ्क्रमण सहरबाट विस्तारै साना नगर अनि ग्रामीण क्षेत्रहरूमा सर्दैछ। सरकारले व्यापार र यातायात पुन: खोल्दै गर्दा सङक्रमितको सङ्ख्या पनि ह्वात्तै बढेको हो।

    लकडाउन खुलेपछि मानिसहरूको गतिविधि विभिन्न क्षेत्रमा बढ्नुले पनि सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विज्ञहरूले बताएका छन्। यसअघि आइतवार भारतमा एकैदिन थप ९० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक भएको थियो।

    त्यहाँ आइतवार मात्रै नभइ लगातार विगत तीन दिनदेखि सङ्क्रमितको सङ्ख्या ८० हजार नाघ्दै आएको थियो। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी ६२ लाख भन्दा बढी मानिसमा सङ्क्रमण देखिसकेको छ। त्यसपछि भारतमा ४२ लाख र तेस्रोमा ब्राजिल परेको छ जहाँ ४१ लाख भन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij