प्रकाशित मिति : आइतवार, अशोज ४, २०७७
बेइजिङ (एजेन्सी)। चीनले आफ्नो भूमि भन्दै आएको ताइवानमाथि कब्जा गर्ने तयारी गरेको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोवल टाइम्सले हालै चिनियाँ सेनाले गरेको युद्धाभ्यास ताइवानमाथि कब्जा गर्ने तयारीमा गरिएको जनाएको छ।
सो सञ्चार माध्यमलेले लेखेको छ, ‘अमेरिक र ताइवान स्थितिको गलत अनुमान नलागाउन र यो नसोचुन कि यो अभ्यास कुनै झाँसा हो। यदि उनीहरुले भड्काइरहे भने निश्चित रुपमा युद्ध हुनेछ।’
ताइवानको मुख्य विपक्षी पार्टीका नेता जोनी चियांगले दुबै पक्षले वार्ता शुरु गर्नुपर्ने भनेका छन्। उनले युद्धको अवस्थालाई टार्न वार्ता आवश्यक भएको बताएका छन्।
ताइवानलाई चीनले आफ्नो भूमि भने पनि त्यहाँ स्वतन्त्र सरकार र सेना छ। र त्यसलाई अमेरिकाले मान्यता पनि दिएको छ।
हालै चिनियाँ लडाकु विमान ताइवानको आकाशमाथि उडेको खवरहरु आएका थिए। त्यसपछि अमेरिका र ताइवानले कडा प्रतिक्रिया जनाएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij