आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी कम्पनी मोडर्नाले कोरोना भ्याक्सिन लञ्च गर्दै

  • प्रकाशित मिति : आइतवार, अशोज ४, २०७७



  • काठमाडौं। अमेरिकी बायो फर्मास्युटिकल कम्पनी मोडर्नाले आफ्नो कोरोना भ्याक्सिन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीका सीइओले भ्याक्सिनको व्यवसायिक लञ्चको लागि सक्रिय रुपले काम भइरहेको बताएका छन् । मोडर्नाले ‘एमआरएनए–१२७३’ नामको भ्याक्सिन बनाउँदैछ । मोडर्नाका सीइओ स्टिफन बेंसलले यो घोषणा यस्तो बेलामा गरेका छन् जतिबेला विश्वभरी नै कोरोना भ्याक्सिन छिटो ल्याउने होडबाजी चलिरहेको छ ।

    समाचार एजेन्सी आइएएनएसका अनुसार बेंसलले बिहीबार एक बयानमा कम्पनीको एक भ्याक्सिन तेस्रो चरणको ट्रायलमा रहेको र अन्य ४ भ्याक्सिन दोस्रो चरणको ट्रायलमा रहेको बताएका छन् । उनले अमेरिकामा एमआरएनए १२७३ भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा ३० हजार स्वयंसेवक सहभागी भएको बताए । सहभागीमध्ये १० हजार स्वयंसेवकलाई भ्याक्सिनेसन गरिसकिएको उनले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij