आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा बलात्कृत नेपाली युवती एक्लै न्याय खोज्दै ८०० किलोमिटर टाढा पुग्नुपर्‍यो

  • प्रकाशित मिति : मङ्लबार, अशोज २०, २०७७



  • काठमाडौं। भारतमा बलात्कृत एक नेपाली युवती न्याय खोज्न ८०० किलोमिटर टाढा पुग्नुपरेको छ । २२ वर्षकी ती नेपाली युवतीले न्याय खोज्दै उजुरी दर्ता गराउनकै लागि ८०० किलोमिटर टाढा पुग्नुपरेको हो । उनी उत्तर प्रदेशको लखनउमा बलात्कारको शिकार भएकी थिइन् तर उनलाई उजुरी दर्ता गराउनकै लागि ८०० किलोमिटर टाढा महाराष्ट्रको नागपुर पुग्न बाध्य हुनुपरेको छ । यी नेपाली युवती उजुरी दर्ता गराउनकै लागि लखनउबाट भागेर नागपुर पुगेकी हुन् ।

    उनलाई बलात्कार गर्ने व्यक्तिको डरका कारण उनी यति टाढा जानुपरेको हो । बलात्कार गर्ने आरोपीले यी युवतीलाई पुलिसकहाँ नजान धम्की दिएका थिए । उनलाई लखनउमा बलात्कार गरिएको थियो तर आरोपीको धम्कीले डराएकी उनी भागेर जसोतसो नागपुर पुगिन् । पुलिसलाई उद्धृत गर्दै एनडीटिभीले लेखेअनुसार उनी नागपुर आफ्नी एक साथीकहाँ पुगेकी हुन् । तिनै साथीले उनलाई ‘जीरो एफआइआर’ दर्ता गराउन सहयोग गरे । ‘जीरो एफआइआर’ विशेष किसिमको उजुरी हो जुन कुनै पनि पुलिस स्टेशनमा दर्ता गराउन सकिन्छ । पछि पुलिसले नै यो केसलाई सम्बन्धित पुलिस स्टेशनमा स्थानान्तरण गर्छ ।

    नागपुरको कोठारी पुलिस थानाले समाचार एजेन्सी पीटिआइलाई बताएअनुसार युवतीले उजुरीमा आफू काम गर्नको लागि २०१८ मा नेपालबाट भारत पुगेको बताएकी छिन् । यही वर्षको मार्चदेखि उनी लखनउमा आफ्नी एक साथीको भाडाको कोठामा बसिरहेकी थिइन् । यो कोठा लखनउको फैजाबाद मार्गमा छ । युवतीकी साथीले नै उनलाई भिडियो कलमार्फत आरोपी प्रविण राजपाल यादवसँग परिचित गराएकी थिइन् । यादव लखनउकै हुन्, उनी दुबइमा सफ्टवेयर इन्जिनियर थिए ।

    पीडित नेपाली युवतीका अनुसार उनले आफ्नी साथीलाई डेढ लाख रुपैयाँ दिएकी थिइन् । तर, जब उनले रकम फिर्ता मागिन् त्यसपछि उनकी साथीको व्यवहार बदलियो । त्यसपछि साथीले सताउने र कुटपिट गर्ने गर्न थालिन् । पीडित युवतीले यसबारे यादवलाई भनिन् । त्यतिबेला यादव दुबइमै थिए । यादवले दुबइबाटै लखनउमा उनको लागि एउटा होटल बुक गरेर त्यहाँ जान भने । केही दिनपछि आरोपी पनि दुबइबाट लखनउ आए र उनले पीडित नेपाली युवतीलाई होटलमा भेटे ।

    पीडित युवतीका अनुसार यादवले उनलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेका थिए । त्यसपछि उनले युवतीलाई लखनउमा एक साथीको घरमा लिएर गए र त्यहाँ पनि उनलाई नशालु पदार्थ दिएर उनलाई बलात्कार गरे । उनका केही आपत्तिजनक तस्वीरसमेत खिचेर इन्टरनेटमा अपलोड गरिदिए । उनलाई धम्की पनि दिए कि यसबारे पुलिसलाई बताए यी तस्वीरलाई भाइरल गरिदिनेछन् ।

    त्यसपछि पीडित युवती त्यहाँबाट भागेर नागपुर पुगिन् । त्यहाँ उनकी नेपाली नै साथी छिन् । ३० सेप्टेम्बरमा नागपुर पुगेकी युवतीले ३ अक्टोबर शनिबारका दिन पुलिस स्टेशनमा उजुरी दर्ता गराइन् । आइतबार राती त्यहाँको पुलिसको एक टिम युवतीलाई लिएर लखनउ हिँडेको छ । लखनउ आएपछि त्यो पुलिस टिमले त्यहाँको चिनहाट पुलिस स्टेशनमा मुद्दा दर्ता गराउनेछ र पीडितलाई लखनउ पुलिसको संरक्षणमा छाड्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij