आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रम्पले अब अरूलाई भाइरस सार्न सक्दैनन्

  • प्रकाशित मिति : आइतवार, अशोज २५, २०७७



  • बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अब अरूलाई कोभिड सार्ने खतराभन्दा बाहिरको अवस्थामा पुगेका उनको उपचारमा रहेका चिकित्सकले बताएका छन्।

    ट्रम्पको उपचारमा संलग्न डाक्टर सीन कोन्लीले दिएको यो विवरण नै ट्रम्पको स्वास्थ्यबारे बिहीवार यताको पहिलो औपचारिक विवरण हो। भाइरस सङ्क्रमणका कारण अस्पतालमा भर्ना भए यता पहिलोपटक राष्ट्रपति ट्रम्पले शनिवार ह्वाइट हाउसमा समर्थकहरूको भिडलाई सम्बोधन गरेका थिए।

    तीन दिन अस्पताल उपचार गराएका ट्रम्पले अरूलाई रोग सार्ने हुन् कि भनेर गम्भीर चासो व्यक्त भएको थियो। डाक्टरले उनको शरीरमा अब ‘भाइरस सङ्ख्या बढाउन सक्ने किसिमको स्थितिमा नरहेको’ भन्दै उनको शरीरमा भाइरसको सङ्ख्या पनि घटिरहेको लेखेका छन्।

    तर विज्ञप्तिमा ट्रम्प कोभिड १९ नेगेटिभ भए नभएको उल्लेख गरिएको छैन। डा कोन्लीले राष्ट्रपति ट्रम्पको शरीरमा कति भाइरस छ भन्ने जाँचिएको बताए।

    उनले भने. “राष्ट्रपति सीडीसीले तय गरेको मापदण्ड बमोजिम आइसोलेशनबाट बाहिर निस्कने अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु। आज बिहानको सीपीआर जाँचबाट उनीबाट अब अरूलाई कोभिड-१९ सर्ने खतरा छैन।”

    ट्रम्पलाई दश दिन अघि कोरोनाभाइरसको लक्षण देखिएको थियो। पछि उनले अक्टोबर २ तारिखका दिन अस्पताल भर्न गरिएको थियो।

    अस्पतालमा उनलाई अन्य औषधि सहित डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो जुन प्रायजसो भाइरसका कारण स्वास्थ्य अवस्था गम्भीर रहेकाहरूलाई दिने गरिन्छ।

    डाक्टर कोन्लीको यो पछिल्लो अभिव्यक्ति ट्रम्पले ह्वाइट हाउसमा भएको एक भेलामा “आफूले राम्रो” महसुस गरिरहेको बताएसँगै सार्वजनिक भएको हो। उनले हाल आफूले कोभिड-१९ विरुद्ध कुनै पनि किसिमको औषधि नलिएको बताएका छन्।

    शनिवारको उक्त कार्यक्रम आधिकारिक रूपमा “शान्तिपूर्ण र्‍याली” थियो। तर आलोचकहरूले भने त्यो कार्यक्रम ट्रम्पको चुनावी अभियान जस्तो देखिएको टिप्पणी गरेका छन्।

    आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनमा उनका विपक्षी जो बाइडन हाल पेन्सलभेनियामा चुनावी अभियानमा सामेल छन्। सर्वेक्षणहरूका अनुसार बाइडन ट्रम्प भन्दा एक अङ्कले अगाडि छन्। एबीसी न्यूजले गरेको सर्वेक्षणमा ट्रम्पले कोरोनाभाइरस महामरी व्यवस्थापन गरेको विषयलाई ३५ प्रतिशत अमेरिकीहरूले अनुमोदन गरेका छन्।

    हालसम्म २१४,००० भन्दा बढी अमेरिकीहरूको कोभिड-१९ का कारण मृत्यु भएको छ। जोन्स हप्किन्स विश्विद्यालको पछिल्लो तथयाङ्क अनुसार अमेरिकामा सङक्रमित हुनेहरूको सङ्ख्या ७७ लाख भन्दा बढी छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij