आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘सुशान्तको हत्या भएको थियो, हत्या हुँदा महाराष्ट्रका एक मन्त्री पनि त्यहीँ थिए’

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ११, २०७७



  • मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको ४ महिनापछि पनि यस विषयमा नयाँ नयाँ दावी गरिँदैछ । पछिल्लो समय भारतीय जनता पार्टीका सांसद नारायण राणेले सुशान्तले आत्महत्या गरेको नभइ उनको हत्या भएको दावी गरेका छन् । उनको हत्या हुँदा सुशान्तको घरमा महाराष्ट्रका एक मन्त्री पनि भएको उनले दावी गरे । सुशान्तको केस खुल्यो भने महाराष्ट्रका एक मन्त्री जेल जान सक्ने बताउँदै उनले आफूसँग यसको प्रमाण भएको र यो प्रमाण सीबीआइलाई मात्रै दिने बताए ।

    एक समाचार च्यानललाई दिएको अन्तरवार्तामा महाराष्ट्रका पूर्व मुख्यमन्त्री समेत रहिसकेका राणेले भने ‘घटनाको रात केही व्यक्तिहरु सुशान्तको घर गएका थिए । उनीहरुले सुशान्तसँग दिशाको हत्याको बारेमा सोधे । त्यसपछि उनीहरुको झगडा भयो । त्यही झगडामै सुशान्तको हत्या भएको हो ।’ यसअघि उनका छोरा तथा भाजपा विधायक नितेशले पनि यस्तै आरोप लगाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij