आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मलेसियामा अवैधानिक विदेशि कामदारको निम्ति ‘रिहाइरीङ’ खुल्ने

  • प्रकाशित मिति : बिहिबार, कार्तिक १३, २०७७



  • क्वालालम्पुर । मलेसियामा अवैधानिक विदेशि कामदारको निम्ति पुर्ननियुक्ति ‘रिहाइरीङ’ खुल्ने भएको छ । यसबाट अवैधानिक नेपालीहरूलाई पनि फाईदा हुने भएको छ ।

    कोरोना महामारीका बिच धेरै भन्दा धेरै कामदारहरु काम नपाएर बेरोजगार हुनुपरेता पनि मलेसियामा भने बिभिन्न क्षेत्रलाई लक्षित गरि पुर्ननियुक्ति अर्थात ‘रिहाइरीङ’ यहि नोभेम्बर १ तारिकबाट खुल्ने भएको छ ।

    मलेसिया स्थित मानव श्रोत मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार सर्भिस, कृषि, औद्योगिक, कन्ट्रक्सन, प्लान्टेसन लगायतका क्षेत्रमा ‘रिहाइरीङ’ खुलेको हो । तर, यस पटकको ‘रिहाइरीङ’ भने बिगतको जस्तो छैन । यस पटक भने अवैधानिक विदेशि नागरिकहरुलाई काममा राख्नु अगाडी ‘माई फ्युूचर जब’ मार्फत आवश्यकता आह्वान गरेपछि मात्र प्रक्रिया अगाडी बढाउन सकिनेछ ।

    स्थानिय नागरिकलाई जागिरको लागि पहिलो प्राथमिकता दिनको लागि साथै बिचौलीयाहरुलाई प्रवेश नदिन एकद्धार प्रणालीको रुपमा काम गर्नको लागि पनि उक्त प्रक्रिया अपनाइएको जनाइएको छ । कुनैपनि कम्पनीमा खाली रहेको पदमा स्थानिय नागरिकले काम गर्न इच्छा नदेखाएमा मात्र विदेशि कामदार राख्न पाइनेछ ।

    कोरोना कहरको कारणले मलेसियाको अर्थतन्त्रमा असर गरेकोले यस अर्थतन्त्रलाई टेवा पुर्याउनको लागि पनि यस किसिमको ‘रिहाइरीङ’ खोलेको केहि ब्यापारीहरुको बुझाई रहेको छ । किनभने प्रत्येक अवैधानिक विदेशि कामदारले मलेसियामा भिषा प्रक्रिया सुरु गरेपछि लेवि, कम्पाउन्ड, स्पेशल पास, मेडिकल लगायतका नाममा हजारौं रिंंगेट मलेसियन सरकारलाई तिर्नुपर्नेहुन्छ ।

    यस कार्यक्रम अन्तर्गत मलेसियामा अवैधानिक रूपमा रहेका नेपालीहरूले पनि बैधानिक हुने अबसर पाउनेछन् । आफुले काम गर्ने कम्पनि छानेर रोजगारदातासँग सम्झौता गरेर अवैधानिक नेपालिहरूले बैधानिक हुन पाउनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij