आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेहुली बनिन् काजल

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक १४, २०७७



  • बलिउड तथा साउथ चलचित्रकी नायिका काजल अग्रवाल आज बैबाहिक जीवनमा बाँधिदैछिन् । उनले आफन प्रेमी गौतम किचलुसँग बिहे गर्न लागेकी हुन् ।

    काजोलको मेहेन्दी कार्यक्रम बिहिबार आयोजना गरिएको थियो । काजलले सामाजिक संजालमा सार्वजनिक गरेको तस्वीरमा उनी मेहेन्दी हातमा लगाएर मुस्कुराएकी छिन् । यस्तै, बिहिबार नै काजलको हल्दी कार्यक्रम पनि आयोजना गरिएको थियो ।

    आज भने उनीहरुले सिमित पारिवारिक जमघटका विच बिबाह गर्दैछन् । काजलले अक्टुबर ६ मा आफूले बिबाह गर्न लागेको जानकारी उनका फ्यानलाई दिएकी थिइन् । मुम्बइमा आयोजना भैरहेको बैबाहिक समारोहका तस्वीर काजल आफैले इन्स्टाग्रामबाट सार्वजनिक गरिरहेकी छिन् ।

    बलिउडमा चलचित्र ‘सिंघम’मा काम गरेपछि काजलको चर्चा चुलिएको थियो । साउथमा भने उनको लोकप्रियता लोभलाग्दो छ । उनले अभिनय गरेका थुप्रै चलचित्रले बक्स अफिसमा धुम मच्चाएका छन् । काजलसँग बैबाहिक जीवनमा बाँधिएका गौतम व्यापारी हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij