आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्रपति पदका उम्मेदवार पक्राउ परेपछि युगान्डामा हिंसा भड्कियो, १६ जनाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ५, २०७७



  • काठमाडौं । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि राजधानी कम्पालामा हिंसा भड्किएको छ । दुई दिनको अवधिमा हिंसात्मक प्रदर्शनमा परी १६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

    स्थानीय समयानुसार सोमबार साँझबाट प्रदर्शन शुरु भएको थियो । कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । कम्पाला शहरबाट ३०० जनालाई पक्राउ गरिएको त्यहाँको नगर प्रहरीले जनाएको छ ।

    प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई पनि बिहीबार हिरासतमा लिएको छ । त्यसपछि प्रदर्शन थप हिंसात्मक भएको हो । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ ।

    राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन हालका युगान्डा राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्वन्द्वी हुन् । युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी विपक्षी राजनीतिक दलको नेता हुन् ।

    प्रहरीले बोबी वाइनलाई पक्राउ गरेपछि बिहीबार उनका समर्थकहरुले कम्पालाका सडकहरुमा आगो बालेर र कतिपय भौतिक संरचनामा आगजनी गरेर विरोध प्रदर्शन गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij