आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहिलो चरणमा अमेरिकामा ६४ लाख भ्याक्सिन वितरणको तयारी

  • प्रकाशित मिति : बुधबार, मंसिर १०, २०७७



  • वासिङ्टन । संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ ।

    अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)को एक कमिटीको आगामी डिसेम्बर १० बस्ने बैठकले यस बारेमा निर्णय गर्नेछ । संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको मृत्युको संख्या र नयाँ संक्रमितको संख्या बढेका कारण पनि खोपलाई आपतकालीन प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भइसकेको विज्ञहरुले बताएका छन् ।

    मंगलबार सार्वजनिक पछिल्लो तथ्याँकमा अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या २ लाख ६० हजार पुगिसकेको देखिएको छ भने १ करोड २५ लाख मानिस संक्रमित भएका छन् । चौबीस घण्टाको अवधिमा दुई हजार भन्दा बढी मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने एक लाख ६७ हजार व्यक्तिमा संक्रमण देखिएको छ ।

    अमेरिकी सरकारको “अपरेशन वार्प स्पीड” का प्रमुख अपरेशन अधिकृत जनरल गुस्ताभ पर्नाले डिसेम्बरको अन्त्यसम्ममा झण्डै खोपको ४ करोड डोज उपलब्ध भइसक्ने बताएका छन् ।

    त्यस तथ्याँकमा मोडर्नाले तयार पारेको खोप पनि समावेश छ । गत साता निकै प्रभावकारी रहेको भन्दै विवरण सार्वजनिक भएकाले मोडर्नाको खोपलाई पनि आपतकालीन प्रयोगमा ल्याइने सम्भावनाका बारेमा छलफल भइरहेको पर्नाले बताए ।

    फाइजरको खोप निकै चिसो अर्थात माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नु पर्ने हुन्छ । त्यही कारण कम्पनीले १५ दिनसम्म खोपलाई सुरक्षित राख्न मिल्ने गरी विशेष भण्डारणको व्यवस्था मिलाएको छ ।

    पर्नाले सबै अमेरिकी राज्यहरुलाई जनसंख्याका आधारमा समानुपातिक रुपमा खोप वितरण गरिने पनि जानकारी दिए । संघीय सरकारले कसलाई प्राथमिकता दिनु पर्ने भन्ने बारेमा सिफारिशहरू गर्नेछन् जसमा सम्भवतः वृद्ध, उच्च जोखिम, र अग्रणी कामदारहरू रहनेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij