आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी जनताले सोमबारदेखि कोरोना विरुद्धको खोप पाउने

  • प्रकाशित मिति : आइतवार, मंसिर २८, २०७७



  • काठमाडौं, मंसिर २८ । अमेरिकामा सोमबार (भोलि) देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ ।

    फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको अमेरिकाले सोमबारदेखि जोखिम क्षेत्रका व्यक्तिहरुलाई खोप लगाउन थाल्ने भएको हो ।

    खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्‍याइने जनाइएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

    अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन सबै प्रक्रिया पूरा गरिएको छ ।

    बीबीसीका अनुसार अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा सोमबार खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।

    फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज खोप तयार पार्ने योजना बनाएको छ । कोभिडसँग प्रतिरक्षाका लागि यो खोप दुई डोज लगाउनुपर्ने हुन्छ । पहिलो खोप लगाएको तेस्रो हप्ता अर्थात् २१ दिनका दिन दोस्रो खोप लगाउनुपर्ने हुन्छ ।

    पहिलो चरणको खोपले ३३ करोड जनसंख्या भएको अमेरिकाका करिब ३० लाख जनालाई पुग्ने भएकाले पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरुले मात्र पाउने छन् ।

    सुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकलाई खोप दिइने तयारी गरिएको छ ।

    फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया, बहराइनले अनुमति दिइसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij