आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगानिस्तानमा बम बिस्फोट हुँदा चार चिकित्सकसहित पाँचको मृत्यु

  • प्रकाशित मिति : बुधबार, पुस ८, २०७७



  • काठमाडौं । अफगानिस्तानको काबुलमा भएको बम बिस्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर मृत्यु हुनेमा चार जना चिकित्सक रहेको बताइएको छ ।

    काबुल प्रहरीका प्रवक्ता फारदाव फारामार्जका अनुसार काबुलमो पूर्वी सिमानमा रहेको पुल–ए–चखरी जेल जाँदै गरेका ती चिकित्सकहरुमाथि तालिवानी लडाकूहरुले आक्रमण गरेका थिए ।

    बिस्फोटमा मृत्यु भएका एक जनाको पहिचान हुन बाँकी रहेको छ भने दुई जना घाइते भएको समाचारमा जनाइएको छ । विस्फोटको जिम्मा हालसम्म कसैले पनि नलिएको बताइएको छ ।

    आक्रमणमा केही निजी आवासिय भवन तथा पसलहरुमा क्षति पुगेको छ । पछिल्ला केही महिना यता काबुलमा लगातार आक्रमणका घटनाहरु भइरहेका छन् ।

    ती आक्रमणहरु आईएसआर्ईएलको नेतृत्वमा भइरहेको समाचारमा जनाइएको छ । यसअघि गत शनिबार अफगानिस्तानमा रहेको अमेरिकी सेनाको शिविरमा भएको रकेट आक्रमणको जिम्मा सोही समूहले लिएको छ ।

    नाटो सम्बद्ध अधिकारीहरुका अनुसार घटनामा मानविय क्षति भने भएको छैन । अफगानिस्तानमै पूर्वी शहर गजनीमा सोमबार बन्दुकधारीहरुले अफगानिस्तानका पत्रका, रहमतुल्ला नेकजादको हत्या गरेका थिए ।

    त्यसको एक दिन अघि पनि काबुलमा भएको कार बम बिस्फोटमा नौ जनाको मृत्यु भएको थियो ।

    अफगानिस्तानको आन्तरिक मन्त्रालयका अनुसार सरकार र तालिवानी लडाकूहरुले कतारमा भएको वार्तापछि दशकौंदेखि जारी द्वन्द्व अन्त्यका लागि युद्ध विराम नहुँदा थप हिंसाका घटनाहरु बढ्न थालेको बताइएको छ । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij