आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणबारे चीनले के भन्यो ?

  • प्रकाशित मिति : शुक्रबार, पुस १७, २०७७



  • काठमाडौं। नेपालमा सत्तारुढ दल नेकपामा विभाजन र संसद् विघटनपछि उत्पन्न नयाँ राजनीतिक संकटका बीच उत्तरी छिमेकी चीनको एक प्रतिनिधिमण्डलले नेपालको तीन दिने भ्रमण गर्यो।

    नेकपासँग भाइचारा सम्बन्ध रहेको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को विदेश विभागका उपमन्त्री गुओ यैचो नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल नेकपाको विभाजन रोक्न आएको चर्चा छ। र चिनियाँ मिशन असफल भएको विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ।

    उता चीनले यो भ्रमण आपसी हितका विषयमा छलफल गर्न र दुई देशबीचको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित रहेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वान वेनबिंगले सीपीसीको एक प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरेको र सो क्रममा सत्तारुढ दलका नेताहरु तथा विपक्षी दलका नेताहरुसँग भेट भएको बताएको छ।

    तर, नेपालमा रहँदा चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाईसमेत भेटेको थियो। तर, चिनियाँ प्रवक्ताले राष्ट्रपतिसँगको भेटबारे केही उल्लेख गरेका छैनन्।

    उनले भेटका अवसरमा द्विपक्षी हित, बेल्ट एन्ड रोड कर्पोरेशन तथा साझा विषयमा कुरा भएको जनाएको छ। र नेपाली नेताहरुले सीपीसी स्थापना भएको १०० वर्ष पुगेको अवसरमा बधाई दिएको बतँएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij