आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसद् विघटनविरुद्ध उल्टो हिँडेर नेविसंघको विरोध

  • प्रकाशित मिति : शुक्रबार, पुस २४, २०७७



  • काठमाडौं। नेपाली काँग्रेस निकट विद्यार्थी संगठनका नेबिसंघले संसद विघटनको बिरोध गर्दै काठमाडौंको माइतीघरमा उल्टो हिँडेर बिरोध प्रदर्शन गरेको छ।

    नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत मागेको छ। प्रदर्शनको पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुङ्गगानाले सरकार उल्टो बाटो हिँडेकाले बिरोध स्वरुप उल्टो हिँडेर सुल्टो हुन चुनौती दिएको बताए। उनले प्रधानमन्त्री ओलीलाई अधिनायकवादको सपना नदेख्नसमेत चेतावनी दिए। उनले अधिनायकवादी हुने देखेको सपना विा सपना हुने बताए।

    नेविसंघका नेता कुन्दनराज काफ्लेले पुरानो कुरा स्मरण गर्दै भगवान पशुपतिनाथको त दासत्व स्वीकारिँदैन भन्दै प्रधानमन्त्री ओलीको दासत्व पनि स्वीकार नहुने बताए। उनले प्रधानमन्त्री ओली पूर्वराजाकै कदममा हिँडेर प्रतिगामी कदम चालेको बताए। उनले ओलीको प्रतिगमनविरुद्ध लड्न नेविसंघ तयार रहेको बताए।

    नेविसंघ महामन्त्री उर्मिला थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित हुँदासम्म आफ्ना पति मदन भण्डारीको हत्यारा पत्ता लगाउन असफल भएकाले निर्मला पन्तको हत्यारा भेटिन्छ भन्ने आश गर्न नसकिने बताइन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij