आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शेयर बजारमा सामान्य वृद्धि

  • प्रकाशित मिति : सोमवार, पुस २७, २०७७



  • काठमाडौं, पुस २७ । सोमबार शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो ।

    उतार चढावबीच बजार परिसूचक नेप्से करिब ४ अंकले सकारात्मक रहेर २२ सय ३९ को उचाईमा पुग्यो ।

    कारोवार पनि साढें पाँच अर्ब माथी रह्यो ।

    यसदिन बिमा कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिदा निर्जिवन बिमा १ सय ७६ अंकले र जिवन बिमा समूह पनि १ सय ६१ अंकले उकालो लागे ।

    बैंक, विकास बैक, जलविद्युत, वित्त समुह सामान्य अंकले सकारात्मक रहे ।

    व्यापार, होटल, उत्पादनमूलक, लघुवित्त र अन्य समुहमा सामान्य अंकको गिरावट आयो ।

    यस दिन ७९ कम्पनीको शेयर मुल्यमा बृद्धि हुदा ७८ कम्पनीको मुल्यमा गिरावट आएको छ ।

    १९ कम्पनीको मुल्य भने स्थीर रह्यो ।

    यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ८ कम्पनीको १ करोड ३५ लाख बढी कित्ता शेयर ५ अर्ब ५२ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij