आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

केही महिनाअघि जेलमा थिए, अब राष्ट्रपति !

  • प्रकाशित मिति : मङ्लबार, पुस २८, २०७७



  • बिश्केक (बीबीसी)। किर्गिस्तानको राष्ट्रपतीय चुनावको अग्रभागमा रहेका सादिर जपारोफ ठूलो मतका साथ विजयी भएको चुनावको प्रारम्भिक परिणामले देखाएको छ। धेरै मत गणना भइसकेको छ। त्यसको आंशिक परिणाम अनुसार उनले ८० प्रतिशत मत प्राप्त गरेका छन्।

    राजनीतिक प्रतिद्वन्द्वीलाई बन्धक बनाएको आरोपमा जपारोफले जेल जीवन बिताएका थिए। अब उनले संविधान संशोधन गर्न भएको मतदानपछि राष्ट्रपतिको नयाँ शक्ति हातमा लिनेछन्। गत अक्टोबर महिनामा भएको संसदीय चुनावपछि किर्गिस्तान सङ्कटमा छ। उक्त चुनावको परिणाम विवादित बनेको थियो। त्यसले विरोधहरू निम्त्याउनुका साथै तत्कालीन राष्ट्रपति सोरोनबी जेनबेयकोफलाई राजीनामा दिन बाध्य पारेको थियो।

    राजधानी बिश्केकस्थित चुनावी अभियानको मुख्यालयमा आइतवार दिएको आफ्नो विजयी सम्बोधनमा जपारोफले भ्रष्टाचारमुक्त खुला सरकारका साथ देश हाँक्ने प्रतिबद्धता जनाए। उनले भने, “हामीले अघिल्लो सरकारका गल्ती दोहोर्‍याउने छैनौँ, ३० वर्षभन्दा धेरै समयदेखि हाम्रो देशको सबै क्षेत्रमा भ्रष्टाचारले जरो गाडेको छ, अबदेखि हामीले त्यो सहने छैनौँ।”

    उनले किर्गिस्तानको आर्थिक हालतलाई पनि तीनदेखि पाँच वर्षसम्ममा ठाउँमा ल्याउने लक्ष्य लिएको जानकारी गराए। त्यहाँ पछिल्ला वर्षमा बेरोजगारी निकै बढेको छ जसका कारण कामको खोजीमा थुप्रै युवा विदेशिन बाध्य भएका छन्।

    आइतवार नै भएको जनमत सङ्ग्रहमा मतदाताले राष्ट्रपतीय प्रणाली स्वीकार गरेका छन्। नयाँ संविधान परित भएपछि जपारोफलाई ठूलो शासकीय शक्ति प्राप्त हुनेछ। उनले भने, “नयाँ संविधान लागु भएपछि हामीसँग देशमा राजनीतिक सुधार हुनेछ। सरकारको नयाँ संरचना बन्नेछ।”

    जपारोफले चार वर्ष निर्वासनमा बिताएका थिए। विपक्षी राजनीतिककर्मीलाई बन्धक बनाएको आरोपमा गत अक्टोबर महिनासम्म उनी जेलमा थिए। धाँधली भएको भनि व्यापक रूपमा ठानिएको संसदीय चुनावपछि सडकमा उत्रिएका उनका राजनीतिक समर्थकहरूले उनलाई जेलमुक्त गराएका थिए। प्रदर्शनका कारण निर्वाचन अधिकारीहरू परिणाम रद्द गर्न बाध्य भए र सरकार भङ्ग भयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij