आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डोनाल्ड ट्रम्पले वाशिङटन डिसीमा संकटकाल लगाए

  • प्रकाशित मिति : मङ्लबार, पुस २८, २०७७



  • काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वाशिङटन डिसीमा संकटकाल लागू गरेका छन् । ट्रम्पले सोमबार स्वीकृत गरेको यो संकटकाल अर्थात इमरजेन्सी आगामी जनवरी २४ सम्म लागू हुने समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण यही बीचमा जनवरी २० मा हुँदैछ ।

    संकटकालले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र संघीय इमरजेन्सी व्यवस्थापन एजेन्सीलाई राज्य स्तरका निकायसँग सहकार्य गरेर सुरक्षा व्यवस्थापन गर्न स्वीकृति दिएको छ । निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा हिंसा हुन सक्ने आशंकाले यस्तो गरिएको बताइएको छ । आइतबार वाशिङटन डिसीका मेयर मुरिएल बाउजरले राष्ट्रपति ट्रम्पलाई राजधानीमा संकटकाल लगाउन आग्रह गर्दै पत्र लेखेका थिए । त्यही पत्रलाई ट्रम्पले स्वीकृति दिएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij