आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लोकतन्त्रको चिरहरण गर्ने ओलीको कदमलाई सडकबार्टै ठेगान लगाउनुपर्छ : नवीन्द्रराज जोशी

  • प्रकाशित मिति : आइतवार, माघ ४, २०७७



  • पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले सबैले डटेर सामना गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

    पोखरामा आइतबार पत्रकासँग कुरा गर्दै नेता जोशीले प्रतिनिधिसभा विघटनको निर्णयले देशलाई अन्धकारतिर लैजाने जिकिर गर्नुभयो ।

    ओली बालुवाटारभित्रै बसेर लोकतन्त्रको चिरहरणमा मस्त रहेकाले सडकबाटै ठेगान लगाउने उहाँको चेतावनी छ ।

    जनताका भावनासँग खेलवाड गर्ने अधिकार कुनै पनि सरकारलाई नभएको भन्दै नेता जोशीले अहिलेको मुलुकको संकट सजिलै पार नलाग्ने स्पष्ट पार्नुभयो ।

    उहाँले नेकपाको सरकार बनेको दिनदेखि नै मुलुकको लोकतान्त्रिक प्रणालीलाई सिध्याउने षड्यन्त्र भएको बताउनुभयो ।

    नेता जोशीले बालुवाटारभित्र बसेर षड्यन्त्र गरेको सरकारलाई ठेगान लगाउन सडकमा उत्रिएको बताउनुभयो ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बद्री पाण्डेले देश कता जान्छ भन्ने सोच्दै नसोची प्रधानमन्त्रीले संसद विघटना गर्ने निर्णय लिनु विडम्वना भएको उल्लेख गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij