आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा कोरोना खोप अभियानको दोश्रो दिनः बिरामीमा देखि थाले यस्ता साइड इफेक्ट

  • प्रकाशित मिति : सोमवार, माघ ५, २०७७



  • एजेन्सी । भारतमा कोरोना भाइरस खोपको साइट इफेक्ट देखिन थालेको छ । शनिबारदेखि केही क्षेत्रमा दिन थालिएको खोपबाट साइट इफेक्ट देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी कोरोना खोप दिन थालेको २ दिनमा ४४७ जना बिरामीहरुमा साइड इफेक्ट देखिएको छ ।

    केन्द्रीय स्वास्थ्य सचिव डा.मनोहर आगनानीका अनुसार धेरैजस्तो अवस्थामा यसको नकारात्मक असर सानो तहमा देखिएको छ । यद्यपि, खोप लगाएपछि कसैलाई अस्पतालमै भर्ना गर्नुपर्ने हुन्छ, यो केसलाई गम्भीर एएफआईमा रेकर्ड गरिएको छ ।

    उनका अनुसार खोप दिन लागिएको २ दिनमा त्यस्ता तीन मात्र घटनाहरु देखिए, जहाँ केही व्यक्तिलाई अस्पताल भर्ना गनुपरेको थियो । जसमध्ये एक व्यक्तिलाई उत्तर रेलवे अस्पतालमा भर्ना गरिएको छ भने अर्का एक बिरामीलाई उही समयमा दिल्लीस्थित एम्स अस्पतालबाट डिस्चार्ज गरिएको थियो । जबकी तेश्रो बिरामी एम्स रिसीकेस अस्पतालमा रहेका छन्, उनको पनि अवस्था राम्रो छ । भ्याक्सिनको साइड इफेक्टबारे उनले भने– ‘धेरैजसो मानिसहरुलाई हल्का ज्वरो आउने गरेको छ । त्यस्तै टाउको दुख्ने, चक्कर लाग्ने, पसिना आउने लक्षण पनि देखिएको छ ।’

    स्वास्थ्य सचिवका अनुसार पहिलो दिन २ लाख ७ हजार २ सय २९ जनालाई भ्याक्सिन लगाइएको छ । यो कुनै पनि देशमा पहिलो दिनमा दिइएको खोपहरुमध्ये धेरै संख्या हो । यस सन्दर्भमा भारत अमेरिका, बेलायत र फ्रान्सभन्दा पनि अघि देखिएको छ । पहिलो दिन आन्ध्र प्रदेश, बिहार, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक लगाय १५ राज्यमा खोप दिइएको थियो ।

    दोश्रो दिन भारतका ६ वटा राज्यमा खोप दिइएको छ । जसमध्ये आन्ध्र, अरुणाञ्चल, कर्नाटक, केरला, मणिपुर र तमिलनाडु रहेका छन् । आइतबार भने करिब १७ हजार व्यक्तिलाई खोप दिइएको छ । पहिलो चरणमा फ्रन्टलाइनका कामदारहरूलाई कोभिसिल्ट र कोभ्याक्सिनको पहिलो डोज दिइएको छ ।

    स्वास्थ्य सचिवका अनुसार दुई दिनमा २ लाख २४ हजार जनालाई खोप लगाइएको छ । भारतले पहिलो चरणको अभियान अन्तर्गत ३० करोड जनालाई खोप लगाउने योजना सार्वजनिक गरेको छ । यो खोप एक जनालाई दुई डोज दिने गरिन्छ । जसमा पहिलो र दोश्रो डोजको फरक २१ देखि २८ दिनको हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij