प्रकाशित मिति : बिहिबार, माघ ८, २०७७
काठमाडौं । पछिल्ला केही दिनयता प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको चर्चा चुलिएको छ । राजनीतिमा सक्रिय उनको राजनीतिक प्रसङ्गमा नभइ व्यक्तिगत जीवनको विषय चर्चामा आएको हो ।
राईको यहि माघ ११ गते विवाह गर्न लागेसँगै चर्चा भएको हो । विवाह हुनु सामान्य नै हो तर आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग विवाह हुन लागेकाले उहाँको वैवाहिक जीवनको विषयमा आवश्यकता भन्दा बढी चर्चा भएको हो ।
४९ वर्षीय शेरधन राईले आफूभन्दा २६ वर्षभन्दा कान्छी मिस मंगोल २०१८ जाङमु शेर्पासँग विवाह गर्न लाग्नुभएको हो । मुख्यमन्त्री राईको पुर्ख्यौली घर भोजपुर हो भने जाङमुको संखुवासभा हो । आमाबुवा अमेरिकामा बस्दै आएकी जाङमु अहिले भने काठमाडौं बस्दै आउनुभएको छ ।
मुख्यमन्त्री राईको सचिवालयले विवाह हुन लागेको जानकारी दिए पनि बेहुलीको बारेमा अहिलेसम्म खुलासा गरेका छैनन् । यद्यपि विभिन्न मिडियाले जाङमुको बारेमा पत्ता लगाएका हुन् । उहाँले विषयमा मिडियामा आएपछि भने मुख्यमन्त्री राई मौन हुनुहुन्छ । उहाँले यसको सन्दर्भमा अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिनुभएको छैन ।
राजनीतिक उतारचढावका कारण वैवाहिक जीवनको विषयमा सोच्न नभ्याएका बताउँदै आउनुभएको थियो । यद्यपि उहाँको व्यक्तिगत जीवनमा भने विभिन्न किसिमका विवाद आएका छन् । बालिका खड्का नामक युवतीले राईले आफूमाथि राईले वर्षौंदेखि यौनशोषण गर्दै आएको बताउँदै आएकी छन् । राईले भने बालिकाको आरोपको खण्डन गर्दै आउनुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij