आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी राष्ट्रपतिको घडीको चर्चा

  • प्रकाशित मिति : आइतवार, माघ ११, २०७७



  • काठमाडौं। २० जनवरीमा अमेरिकाका ४६ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दै गर्दा जो बाइडेन घडीका कारण पनि चर्चामा रहे । पारिवारिक बाइबललाई हातमा राखेर शथप ग्रहगा गर्दै गर्दा मिडियाका क्यामेरा उनको हातको घडीमा केन्द्रित भए । बाइडेनको बायाँ हातमा जुन घडी थियो त्यो रोलेक्स डेटजस्ट थियो । निलो डायलकेस रहेको यो घटी स्टेनलेस स्टिलबाट बनेको छ जुन घडीको मूल्य ७ हजार डलर (८ लाख १८ हजार रुपैयाँ ) पर्छ ।

    न्यूयोर्क टाइम्सका अनुसार बाइडेन मात्र नभइ यसअघिका राष्ट्रपतिहरु पनि शपथ ग्रहणका क्रममा महंगो घडी लगाएका देखिएका थिए । यसलाई पदको हिसाबले पनि उपयुक्त मानिन्छ । ह्वाइट हाउसमा राखिएका तस्वीरमा पूर्वराष्ट्रपति आइजनओभर र लिंडन बी जोनसनको हातमा रोलेक्स गोल्ड घडी देखिन्छ । आम रुपमा रोलेक्स गोल्ड घडी राष्ट्रपतिको लागि बनाइएको मानिन्छ । कैयौं उच्च नेता र राष्ट्राध्यक्षले यस्ता घडी लगाउँछन् ।

    बिल क्लिन्टनको हातमा पनि यस्तै घडी देखिन्थ्यो । उनी टाइम्याक्स आइरनम्यान मोडल लगाउँथे । जर्ज डब्लु बुशको हातमा टाइम्याक्स इण्डिंग्लो देखिन्थ्यो । बाराक ओबामाले शिनोला ब्राण्डको घडी लगाउँथे । यसको मूल्य त्यतिबेला ५ सय डलर थियो । यो मोडल अमेरिकाको डेट्रायटमा मात्र बन्छ । डोनाल्ड ट्रम्पले प्याटेक फिलिप, रोलेक्स र भ्याकेरोन कन्स्टान्टिन गोल्ड घडी लगाउँथे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij