आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारत र चीनबीच सिक्किममा झडप, चार भारतीय र २० चिनियाँ सैनिक घाइते

  • प्रकाशित मिति : सोमवार, माघ १२, २०७७



  • काठमाडौं । लद्दाखपछि भारत र चीनका सैनिकबीच सिक्किममा तनावपूर्ण अवस्था सिर्जना भएको छ । चिनियाँ सेनाले लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मिच्न कोशिस गरेपछि दुई देशका सैनिकबीच झडप भएको हो । झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् ।

    तीन दिन पहिला सिक्किमको ना कुलामा चीनले एलएसी बदल्ने कोशिस गर्दै भारतीय क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थियो । यस दौरानमा भारतीय सैनिकहरुले चिनियाँ सैनिकलाई रोकेका थिए । यस क्रममा चीन र भारतका सैनिकबीच भएको झडपमा चार भारतीय र २० चिनियाँ सैनिकहरु घाइते भएका छन् ।

    भारतीय सञ्चारमाध्यमकाअनुसार अहिले स्थिति तनावपूर्ण रहेपनि स्थिर छ । भारतीय वरिष्ठ सैनिक अधिकारीका अनुसार सीमामा मौसम खराब भएपनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यस विषयलाई लिएर लद्दाखको मोल्डोमा आइतबार भारतीय र चिनियाँ सैनिक अधिकारीबीच राति अबेरसम्म वार्ता भएको थियो ।

    १५ घण्टासम्म चलेको वार्ताका निर्णयहरु अहिल्यै नै सार्वजनिक गरिएको छैन् । तर भारतले सीमामा शान्ति कायम राख्न अपिल गरेको छ । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij