आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यौन सम्बन्ध राखेको आरोपमा दुई पुरुषलाई सार्वजनिक रुपमा हानियो ७७ कोर्रा

  • प्रकाशित मिति : शनिबार, माघ १७, २०७७



  • काठमाडौं । इन्डोनेसियामा दुई पुरुषलाई यौन सम्बन्ध राखेको आरोपमा सार्वजनिक रुपमा कोर्रा प्रहार भएको छ । त्यहाँको रुढीवादी प्रान्त अचेइमा उनीहरुलाई ७७ पटक कोर्रा हानिएको हो । राजधानी बन्दा अचेइमा मानिसहरुको भीडकोबीचमा एक अधिकारीले कोर्रा हानेका हुन् ।

    २७ र २९ वर्षका दुई पुरुषलाई पिठ्यूँमा कोर्रा हानिएको हो । उनीहरुबारे छिमेकीले गत नोभेम्बरमा प्रहरीलाई जानकारी दिएका थिए । सजायलाई केही बेरका लागि बीचमा राकेर यी दुईलाई पानी पनि खान दिइएको बताइएको छ । दुईमध्ये एककी आमा छोरालाई कोर्राले हानेको हेर्न नसकेर बेहोस भएकी थिइन् ।

    उनीहरुसँगै अन्य चारजनालाई पनि कोर्रा हानिएको थियो । यी चारजनाविरुद्ध जुवा तास खेलेको, रक्सी पिएको र विपरित लिङ्गीलाई भेटेको आरोप छ ।

    त्यसै दिन एक महिला र पुरुषलाई निकै नजिक बसेको अवस्थामा भेटिएको भन्दै २० पटक कोर्रा हानियो । साथै अर्का दुई पुरुषलाई मदिरापान परेको आरोपमा ४० पटक कोर्रा हानियो । यो सँगै अचेईमा समलिङ्गी पुरुषलाई सार्वजनिक रुपमा कोर्रा हानिएको तेस्रो घटना हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij