आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो

  • प्रकाशित मिति : सोमवार, माघ १९, २०७७



  • एजेन्सी । दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चिसो भएका भारतीय मौसम विभागले आइतबार जनाएको छ । विभागका अनुसार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलो पटक लगातार सात दिनसम्म अत्यधिक चिसो भएको छ ।

    यस पहिले सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चिसो भएको रेकर्ड रहेको थियो । सामान्यतया चार डिग्री सेल्सियसभन्दा कम तापक्रम रहेमा यसलाई चीसो समय मानिने विभागले जनाएको छ । तापक्रम दुई डिग्री वा सोभन्दा कम भएमा यो अत्यधिक चीसो (कोल्ड वेभ) हो ।

    विभागअन्तर्गतक्षेत्रीय मौसम पूर्वानुमान केन्द्र प्रमुख कूलदीप श्रीवास्तवले भने, “यो वर्षको जनवरीमा सन् २००८ पछि पहिलो पटक आठ दिन तापक्रम चीसो रहेको पाइएको छ । जवकी १३ वर्ष पहिले उक्त महिनामा १२ दिन तापक्रम निकै चीसो रहेको थियो ।” उनका अनुसार सन् २०१९ र २०२० मा दिल्लीमा यसप्रकारको चीसो एक दिन मात्र रहेको थियो भने सन् २०१३ मा ६ दिन रहेका थिए ।

    श्रीवास्तवका अनुसार पश्चिमी वायुमा आएको अवरोधका कारण जनवरीमा उत्तरपश्चिम भारतमा धेरै रातहरूमा बादल नलाग्दा दिनहरू बढी चीसो भएका हुन् । आइतबार विहान दिल्लीको न्यूनतम तापक्रम ३।१ डिग्री सेल्सियस रहेको थियो भने आइतबारसँगै विगत सात दिनमा चार दिनसम्म भारतको राजधानी सहर दिल्लीको मौसम अत्यधिक चीसो रहेको थियो ।

    यो अवधिमा अत्यधिक न्यूनतम चिसो भएको दिन २.१ डिग्री सेल्सियस मङ्गलबार र बिहीबारको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको थियो । दिल्लीमा नयाँ वर्ष अर्थात् जनवरी १ का दिन न्यूनतम तापक्रम १।१ डिग्री सेल्सियस रहेको थियो भने यो दिन दिल्लीमा विगत १५ वर्षमा सबैभन्दा चीसो भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij