आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सम्पत्ति लिन समस्या हुने भएपछि ट्रम्पलाई कुनै मुद्दा नलाग्दै मेलानियाले डिभोर्स लिने

  • प्रकाशित मिति : बुधबार, माघ २१, २०७७



  • काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिको निर्वाचनमा पराजित भएपछि लगातार समस्यामा फस्दै गएका छन् । ६ जनवरीमा ट्रम्प समर्थकले संसद भवनमा आक्रमण गरेपछि ट्रम्पमाथि महाअभियोगको कारवाही त चलिरहेकै छ त्यसमा साथै उनको व्यक्तिगत जीवनमा पनि समस्या देखिएको छ । डोनाल्ड ट्रम्पमाथि विभिन्न आपराधिक मुद्दा लगाउने तयारी छ र यही बीचमा उनकी पत्नी मेलानियालाई डोनाल्डसँग तत्कालै सम्बन्धविच्छेद गर्न सल्लाह दिइएको छ ।

    डेली एक्सप्रेसको रिपोर्टअनुसार डोनाल्डमाथि आपराधिक मुद्दा लागेको अवस्थामा उनको सम्पत्ति रोक्का हुन सक्ने र मेलानियाले आफ्नो भागको सम्पत्ति नपाउने स्थिति हुन सक्ने भएकोले मेलानियाका सल्लाहकारले उनलाई मुद्दा नलाग्दै सम्बन्धविच्छेद गर्न सल्लाह दिएका छन् । ब्राण्ड र व्यवस्थापन विज्ञ एसिक शिफरका अनुसार मेलानियाका सल्लाहकारले उनलाई छिटोभन्दा छिटो डोनाल्डसँग सम्बन्धविच्छेद गर्न सल्लाह दिइरहेको हुनुपर्छ । डोनाल्डसँग सम्बन्धविच्छेद गरेपछि मेलानियाले करिब १५० मिलियन डलर पाउने अनुमान गरिएको छ ।

    यदि डोनाल्डमाथि मुद्दा चलाइयो र उनी कानुनी झमेलामा फसे भने मेलानियाको लागि स्थिति अझै कठिन हुन सक्छ । मेलानिया र डोनाल्डको सम्बन्धका विषयमा केही समय अघिदेखि अनुमान गर्न थालिएको छ । रिपोर्टका अनुसार डोनाल्डको ४ वर्षको कार्यकालमा उनीहरु ह्वाइट हाउसमा छुट्टाछुट्टै बेडरुममा सुत्थे । यसका अलावा डोनाल्डकी पूर्व राजनीतिक सहयोगी ओमारोसा मेनिगोल्ट न्यूम्यानले केही हप्ता पहिले ट्रम्प र मेलानियाको डेढ दशक लामो सम्बन्ध समाप्त भएको बताएकी थिइन् । त्यतिबेला मेलानियाले न्यूम्यानको कुराको खण्डन गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij