आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पुटिनका आलोचक नभाल्नीलाई साढे तीन वर्ष जेल सजाय दिने अदालतको आदेश

  • प्रकाशित मिति : बुधबार, माघ २१, २०७७



  • काठमाडौं । मस्कोको एक अदालतले राष्ट्रपति पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । पहिलाको जेल सजायका बेला राखिएका शर्तहरू उल्लङ्घन गरेको भन्दै नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको हो ।

    नभाल्नी गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउ परेका थिए । गत अगस्टमा घातक विष हमलामा परेका नभाल्नीको अन्तिम अवस्थमाा जर्मनीमा उपचार भएको थियो । जर्मनीमा उपचार पछि नभाल्नी घर फर्कदै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    नभाल्नीलाई पक्राउ गरेर थुनामा राखिएदेखि नै रुसका विभिन्न शहरमा दशौँ हजारले विरोध प्रदर्शन गर्दै आएका छन् । अदालतमा नभाल्नीले राष्ट्रपति पुटिनलाई ‘विष दिने व्यक्ति’ भनेका थिए र आफूमाथिको हमलाको दोष पनि उनैलाई लगाएका थिए ।

    उनका समर्थकहरूले तत्काल प्रदर्शनको आह्वान गरेका थिए र मस्कोको केन्द्र भाग र सेन्ट पिटर्सबर्गमा प्रहरीको बाक्लो उपस्थिति हुँदाहुँदै सयौं मानिस भेला भएका थिए । नभाल्नीका वकिलले अदालतको निर्णयविरुद्ध पुनरावेदन दिने बताएका छन् ।

    अदालतले सजाय सुनाएलगत्तै अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया आएका छन् । युरोपेली महादेशकै मानवअधिकारसम्बन्धी अग्रणी निकाय काउन्सिल अफ युरोपले अदालतको फैसलाले विश्वसनीयतालाई उपेक्षा गरेको जनाएको छ । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij