आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्राफिक कारबाहीको अब अनलाइनबाटै यसरी गर्न सकिन्छ भुक्तानी

  • प्रकाशित मिति : बुधबार, माघ २१, २०७७



  • काठमाडौं । अब ट्राफिक नियम उल्लंघनको जरिवाना (कारवाही) को भुक्तानी अनलाइनबाटै गर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले ट्राफिक नियम उल्लंघन गरेवापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयरको विकास गरेको हो ।

    योसँगै अब घण्टौसम्म लाइनमा बसेर जरिवाना रकम बैंकमा क्यास भुक्तानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडक नियमको उल्लंघन गरि ट्राफिक कारबाहीमा परेका व्यक्तिले अब सजिलै घरमै बसेर डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

    ट्राफिक प्रहरी महासाखाले डिजिटल भुक्तानी ई–सेवासँग मिलेर यस्तो सफ्टवेयर ल्याएको हो । बुधबार एक समारोहकाबीच टीभीआरएसको औपचारिक उत्घाटन गर्दै महानगरीय ट्राफिक महाशाखाले प्रविधिको प्रयोग र अनलाइन भुक्तानीको सुविधाले सवारी व्यवस्थापनमा थप प्रभावकारी र सहज हुनुका साथै कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताएको छ ।

    यसरी गर्न सकिन्छ डिजिटल भुक्तानी

    सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नम्बर उल्लेख गरेपछि ट्राफिक उल्लंघन गरेको कसुर र जरिवाना रकम इ–सेवामा देखाउनेछ । सोही ठाउँमा मागिएको विवरण भरेर सहजै ई–सेवाबाट रकम भुक्तानी गर्न सकिने इ सेवाले जनाएको छ ।

    ई–सेवा अकाउन्ट नभएका व्यक्तिहरुले पनि नजिकै रहेको कुनै पनि ई–सेवा जोन तथा पोइन्टमा गएर समेत जरिवाना रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । यसरी गरिने भुक्तानीको राजस्व सिधै सरकारी राजस्व खातामा जम्मा हुने व्यवस्था मिलाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij