आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मांशहारी आन्दोलन गर्ने भन्नेलाई जाउलाखेलको चिडियाखानमा बन्द गर्ने -गृहमन्त्री बादल

  • प्रकाशित मिति : शनिबार, माघ २४, २०७७



  • काठमाडौं। नेकपा –ओली समूह) ले राजधानीमा शक्ति प्रदर्शन गरेको छ। राजधानीको दरबारमार्गमा सो समूहले विशाल जनसभाको आयोजना गरेको छ।

    सो सभालाई सम्वोधन गर्दै ओली समूहका नेता एवं गृहमन्त्री रामबहादुर थापा बादलले मांशहारी आन्दोलन गर्ने भन्नेलाई जाउलाखेलको चिडियाखानमा बन्द गर्ने चेतावनी दिएका छन्।

    उनले राजनीति सत्ताको केन्द्रमा रहेका राष्ट्रपति प्रधानमन्त्री, पार्टी अध्यक्षलाई अपदस्थ गर्ने गरी षड्यन्त्र गरिएको उल्लेख गर्दै मांशहारी आन्दोलन गर्ने घोषणा गर्नेलाई संविधान र कानुनले अपराध घोषणा गरेको उल्लेख गर्दै गृहमन्त्री बादलले मांशहारी आन्दोलन गर्नेलाई जाउलाखेलको चिडियाखानामा लगेर बन्द गर्ने चेतावनी दिएका हुन्।

    ‘मांशहारी आन्दोलन गर्ने दुस्साहसप्रति सचेत रहनुहोस्, मांशहारी आन्दोलन गर्नेहरुलाई हाम्रो संविधान र कानुनले अपराध घोषणा गरेको छ। मांशहारी आन्दोलन गर्नेलाई जाउला खेलको चिडिायाखानामा लगेर बन्द गरिनेछ,’ उनले भने।

    गृहमन्त्री थापाले राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई अपदस्थ गर्न खोजिएका कारण अहिलेको परिस्थिति सृजना भएको आरोप लगाए।
    उनले जनतालाई आन्दोलित बनाएर मात्रै संविधानको रक्षा गर्न सकिने भन्दै लाखौं जनतालाई परिचालन गरेर राजनीतिक नेतृत्वको रक्षा गर्न सकिने बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij