आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुनको मुल्य बढ्यो, प्रतितोला ९० हजार ६ सय कायम

  • प्रकाशित मिति : आइतवार, माघ २५, २०७७



  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६ सय रुपैयाँ बढेर तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

    यस्तै तेजावी सुन तोलामा ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यसैबीच आज चाँदीको मूल्य पनि बढेकोे छ ।

    शुक्रबार तोलामा १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij