आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेलायतमा नयाँ भाइरस लक्षित नयाँ मापदण्ड

  • प्रकाशित मिति : सोमवार, माघ २६, २०७७



  • लण्डन। बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। बेलायत सरकारले यही फेब्रुअरी १५ तारिखदेखि लागु हनेगरि यस्तो नियम बनाएको हो।

    नियमअनुसार अब बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने छ। क्वारेन्टाइनको मापदण्ड भने बेलायत सरकार आफैले तोकेको अनुसार हुने छ।

    बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरु पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्नेछ। कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा उनीहरु क्वारेन्टाइनहरुमा बस्नुपर्नेछ।

    नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यस्तो व्यवस्था लागू गरिएको बेलायत सरकारले जनाएको छ। दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यस्तो नियम लगाइएको हो। ती देशका नागरिक बेलायत आएपछि अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ। रासस–सिन्ह्वा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij