आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्यानमारमा शान्तिपूर्ण प्रदर्शनमाथि हवाइफायर

  • प्रकाशित मिति : मङ्लबार, माघ २७, २०७७



  • एजेन्सी । म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हवाइ फायर गर्दै पानीको फोहोरासमेत प्रहार गरेको छ ।

    म्यानमारमा सेनाले ‘कू’ गरेको आज आठौँ दिन हो । प्रदर्शनमा शिक्षक, कानुन व्यवसायी, कर्मचारी लगायतको सहभागिता छ । म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सूची लगायतको रिहाइको लागि दबावमूलक प्रदर्शनहरू भइरहेका छन् । हजारौंको संख्यामा रहेका प्रदर्शनलाई म्यानमारमा पछिल्लो एक दशक यताको सबैभन्दा ठूलो प्रदर्शनको रूपमा लिइएको छ ।

    जनता सडकमा ओर्लिएपछि सेनाले ठूलो जमात भेला हुन प्रतिबन्ध लगाएको छ । ५ जनाभन्दा बढी व्यक्ति सार्वजनिक स्थानमा जम्मा हुन नपाइने आदेश दिइएको छ । केही शहरहरूमा राति कर्फ्यूसमेत लागू गरिएको छ । तर, सेनाको आदेशको अवज्ञा गर्दै हजारौं जनता विरोध प्रदर्शनमा उत्रिएका छन् । सैन्य ‘कू’को विश्वभर आलोचना भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij