आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रम्प महाभियोगः सुनुवाइ जारी राख्नुपर्ने पक्षमा सिनेटद्वारा मतदान

  • प्रकाशित मिति : बुधबार, माघ २८, २०७७



  • बीबीसी । अमेरिकी सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगबारे सुनुवाइ गर्नु संवैधानिक रहेको भन्दै मतदान गरेको छ।

    सिनेटमा भएको मतदानमा पक्षमा ५६ मत खसेको थियो भने विपक्षमा ४४ जनाले मत दिएका थिए।

    यसको अर्थ निवर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रो महाभियोगबारे सुनुवाइले निरन्तरता पाउनेछ।

    सुनुवाइ जारी राख्नुपर्ने पक्षमा ६ जना रिपब्लिकनले पनि मतदान गरेका थिए।

    सुनुवाइ प्रक्रियालाई निरन्तरता दिनका निम्ति सामान्य बहुमत चाहिएको थियो।

    गत महिना हाउस अफ रेप्रेजेन्टेटिभ्सले दोस्रो पटक ट्रम्पमाथि महाभियोग लगाएको थियो।

    हिंसात्मक दङ्गा शुरू हुनुअगाडि आफ्ना समर्थकहरूलाई ूउक्साएकोू उनीमाथि आरोप छ।

    ट्रम्पले महाभियोगसम्बन्धी सुनुवाइमा बयान दिन नजाने बताउँदै आएका छन्।

    उनका समर्थकहरूले क्यापिटल भवनमाथि आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो भने संसद्‌ भवनभित्र रहेका सांसदहरू लुक्नुपरेको थियो।

    अमेरिकी इतिहासमा दुई पटक महाभियोग लगाइएका ट्रम्प पहिलो राष्ट्रपति हुन्।

    त्यसैगरी अमेरिकामा महाभियोग लगाइएका कुल तीनमध्ये एक राष्ट्रपति पनि उनी हुन्।

    ट्रम्पका वकिलहरूले संसद्‌ भवनमाथि आक्रमणका लागि उनले नउक्साएको दाबी गरेका छन्।

    उनीहरूमध्ये एक डेविड सोनले त्यसको आलोचना गर्दै महाभियोग प्रक्रियालाई राजनीतिक अस्त्र बनाइएको दाबी गरे। बुधवारबाट सुनुवाइले फेरि निरन्तरता पाउनेछ।

    ट्रम्पका वकिलहरूले उनीविरुद्ध सुनुवाइ गर्न खोज्नु असंवैधानिक भएको पनि दाबी गर्दै आएका छन्।
    उनी अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ।

    पछिल्लो राष्ट्रपतीय चुनावयता थप अमेरिकीहरूलाई कट्टरपन्थतर्फ डोर्‍याइएको भन्दै विज्ञहरूले राजनीतिक हिंसाको जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्।

    एक महिना लामो खोजबिनपछि संसद्‌ भवनमाथि आक्रमण गरेको आरोपमा २२१ जनाविरुद्ध अभियोग दायर गरिएको विवरणहरूमा जनाइएको छ।

    उनी अहिले पदमा नरहेको र आमनागरिक भइसकेको वकिलहरूको तर्क छ।

    पछिल्लो राष्ट्रपतीय चुनावयता थप अमेरिकीहरूलाई कट्टरपन्थतर्फ डोर्‍याइएको भन्दै विज्ञहरूले राजनीतिक हिंसाको जोखिम बढ्न सक्ने चेतावनी दिएका छन्।

    एक महिना लामो खोजबिनपछि संसद्‌ भवनमाथि आक्रमण गरेको आरोपमा २२१ जनाविरुद्ध अभियोग दायर गरिएको विवरणहरूमा जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij