आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

५ लाखको सेक्स डल चोरेर भाग्दा टाउको भाँचियो, चोरले टाउको छाडेर शरीर लिएर भागे

  • प्रकाशित मिति : बिहिबार, माघ २९, २०७७



  • काठमाडौं। अस्ट्रेलियाको एक पसलबाट जीवित मानिसको आकारको सेक्स डल चोरी भएको छ । मेलबर्न शहरमा भएको यो पसलबाट दुई चोरे आधा रातमा एक सेक्स डल चोरी गरेका छन् जुन घटना सीसीटिभी क्यामेरामा रेकर्ड भएको छ । डेलीस्टारको रिपोर्टअनुसार यो सेक्स डलको नाम किट्टी हो र यसको मूल्य ४ हजार ५ सय डलर (सवा ५ लाख नेपाली रुपैयाँ) थियो । यो डलको तौल करिब ४५ किलो थियो ।

    चोरहरुले फलामको डण्डीले पसलको झ्याल फुटाएर पसलमा पसेका थिए । यी चोरहरुले डलका साथै १० हजार डलर बराबरका भाइब्रेटरसहितका अन्य यौनसम्बन्धि सामग्रीहरु चोरी गरेका छन् । पुलिसका अनुसार चोर पसलबाट डल लिएर बाहिर निस्किँदा हडबडीमा डलको टाउको ढोकामा ठोक्किएर टाउको छुट्टिएको सीसीटिभीमा देख्न सकिन्छ । चोरले टाउको छोडेर बाँकी शरीर मात्रै लिएर फरार भएका छन् । पुलिसका अनुसार १६८ सेन्टिमिटर अग्लो यो डलको टाउको पसलको पार्किङमा भेटिएको छ ।

    अस्ट्रेलियामा सेक्स डल चोरी भएको यो पहिलो घटना होइन । यसअघि पनि २०१७ मा चोरहरुले डोरोथी नामको सेक्स डल चोरी गरेका थिए । डोरोथीको मूल्य पनि किट्टीको बराबर ४ हजार ५ सय डलर थियो । पछिल्लो समय सेक्स डल चर्चामा छन् । केही महिनाअघि कजाखस्तानका एक बडीबिल्डरले पनि सेक्स डलसँग बिहे गरेर चर्चामा आएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij