प्रकाशित मिति : शुक्रबार, माघ ३०, २०७७
मुम्बई। बलिउड अभिनेत्री कंगना रनौत सामाजिक संजाल ट्विटरमा निकै सक्रिय रहन्छिन्। उनी ट्विटरमा आफ्नो मत खुलेर राख्छिन्। कयौं पटक त उनका ट्विट विवादित पनि भएका छन्।
तर ट्विटर प्रयोग गरिरहे पनि यी अभिनेत्रीलाई सामाजिक संजाल ट्विटरदेखि दिक्क भएकी छन्। उनको गुनासो के हो भने कयौं पटक ट्विटरले उनको ट्विट डिलिट गरिदिएको छ। उनी विरुद्ध एक्शन लिएको छ।
यस्तो समयमा कंगनाले पनि ट्विटर विरुद्ध उभिएकी छन्। भारत सरकारले किसान आन्दोलनलाई लिएर ट्विटरको रवैयाप्रीत प्रश्न उठाएको छ। यसै विषयमा अभिनेत्री रनौतले प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष अनुरोध गरेकी छन्। कंगनाले प्रधानमन्त्री मोदीसँग ट्विटरलाई माफ नगर्न अनुरोध गरेकी छन्। उनले लेखेकी छन्, ‘प्रधानमन्त्रीजी जुन गल्ती महान योद्धा पृथ्वीराज चौहानजले गरेका थिए, त्यो गल्ती तपाइँ नगर्नुस्। यो गल्तीको नाम हो ‘माफी’।’
उनले जति माफ मागेपनि माग नदिन भनेकी छन्। कंगनाको यो ट्विट सामाजिक संजालमा चर्चाको विषय बनेको छ। कंगनाले ट्विटरलाई प्रतिबन्ध लगाउन पहिला नै माग गरेकी थिइन्। तर यो पटक उनले सिधै मोदीको नाममा ट्विट लेखेर ट्विटरलाई प्रतिबन्ध लगाउन भनेकी हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij