आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शेयर बजारमा नयाँ रेकर्ड

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ४, २०७७



  • काठमाडौं,फागुन ४ । निरन्तर उचाईको नयाँ रेकर्ड कायम गरेको शेयर बजार परिसूचक नेप्सेमा मंगलबार पुनः नयाँ रेकर्ड कायम भयो ।

    उतारचढावबीच बजार परिसूचक नेप्सेमा १५ अंकको सुधार आई २६ सय १ बिन्दुमा पुग्यो ।

    यसदिन कारोबार भएका आधा समुह उकालो लागे भने आधा रातो ।

    उत्पादनमुलक समुह सबैभन्दा बढी १ सय ११ अंकले ओरालो लाग्दा व्यापार, होटल, जलविद्युत, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा समूह दोहोरो अंकले ओरालो लागे ।

    बैंकिङ समूह, सामुहिक लगानी कोष र अन्य समुहमा भने दोहोरो अंकको सुधार आयो ।

    यसदिन १ सय १७ कम्पनीका लगानीकर्ताले गुमाउँदा ५३ कम्पनीको शेयर मुल्य बढ्यो ।

    यसदिन चन्द्रागिरि हिल्स लिमिटेडले सबैभन्दा बढि कमाउँदा साधना लघुवित्त वित्तिय संस्थाका शेयरधनीले सबैभन्दा बढी गुमाए ।

    २ सय ८ कम्पनीको १ करोड ७७ लाख कित्ता शेयर ९ अर्ब ९३ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij