प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७७
काठमाडौं । फेसबुकले अष्ट्रेलियामा समाचारहरु हेर्न र सेयर गर्न बन्द गरिदिएको छ । अष्ट्रेलियाले सरकारले ल्याउन लागेको नयाँ कानुनका कारण फेसबुकले सञ्चारमाध्यमका समाचारहरु सेयर गर्न बन्द गरेको हो ।
बिहीबार बिहान अस्ट्रेलियाका जनता उठेपछि फेसबुकमा सबै स्थानीय र विदेशी समाचार वेबसाइटहरू बन्द भए।
सरकारको स्वास्थ्य र आपतकालीन फेसबुक पृष्ठहरू पनि बिहीबार बन्द थिए। यद्यपि फेसबुकले पछि उनीहरूलाई खोल्यो।
अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिर्नुपर्ने व्यवस्था छ।
फेसबुकले आफूले कुनै मिडियाको सामग्री चोर्ने नभई प्रकाशकहरूले नै आफ्नो समाचारको रिच बढाउन फेसबुकमा समाचार सेयर गर्ने गरेकाले पैसा तिर्ने कानुन ल्याउन नमिल्ने बताएको छ।
गत जनवरीमा अष्ट्रेलियाको सिनेटमा भएको सुनुवाइका क्रममा फेसबुकले प्रस्तावित विधेयक कानुन भए आफूले अष्ट्रेलियाली प्रयोगकर्ताको न्युज फिडमा समाचार आउनै नदिने बताएको थियो भने गुगलले सर्च इन्जिन नै बन्द गर्ने चेतावनी दिएको थियो। विधेयकबारे अहिले सिनेटमा छलफल चलिरहेको छ।
अष्ट्रेलिया सरकारले प्रतिबन्धले फेसबुकको विश्वसनीयतामा खतरा निम्त्याएको बताएको छ ।एजेन्सी
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij