प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७७
अमेरिकाले उत्तर कोरियाका तीन जना कम्युटर प्रोग्रामरले पैसा र क्रिप्टोकरेन्सी गरी १.३ अर्ब डलर ह्याक गर्न खोजेको आरोप लगाएको छ।
अमेरिकाको न्याय मन्त्रालयले बुधबार ३१ वर्षीय जोन चाङ ह्योक, २७ वर्षका किम इल र ३६ वर्षीय पार्क जिन ह्योकले उत्तर कोरियाको सेनाको जासुसी सेवाका लागि काम गर्दा पैसा चोरेको आरोप लगाएका हो।
उनीहरू सन् २०१४ को सोनी पिक्चर्स इन्टरटेन्मेन्टमाथिको आक्रमणदेखि अन्य आपराधिक गतिविधिमा संलग्न भएको अमेरिकाले उल्लेख गरेको छ। सोनीले उत्तर कोरियाली शासक किम जोङ उनको हत्या भएको कथासहितको फिल्म ‘द इन्टरभ्यू’ बनाएको थियो।
यही समूहले एमएमसी थियटर्सका कर्मचारलाई पनि निशाना बनाएको र उत्तर कोरियाबारे डकुमेन्ट्री बनाइरहेको बेलायतको म्यामोथ स्क्रिनका कम्युटरमा क्षति पुर्याएको मन्त्रालयले जनाएको छ।
सन् २०१७ मा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवालाई प्रभावित पार्ने गरी यी तीन जनाले वानाक्राइ २.० र्यान्समवेयर पनि बनाएको बताइएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij