आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महान फुटबलर पेलेले भने–‘मेरो थुप्रै महिलासँग सम्बन्ध थियो, कति छोराछोरी छन् थाहा छैन’

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ८, २०७७



  • Brazilian former soccer player Edison Arantes do Nascimento, better known as Pele and his girlfriend, arrive at the ceremony of the "Golden Foot 2012" awards, in Monaco, Wednesday, Oct. 17, 2012. Pele will be awarded during the ceremony. (AP Photo/Lionel Cironneau)

    काठमाडौं। ब्राजिलका महान फुटबलर पेलेले आफ्नो थुप्रै महिलाहरुसँग सम्बन्ध रहेको र ती महिलाहरुको संख्या बिर्सिइसकेको बताएका छन् । नेटफ्लिक्समा रिलिज हुन गइरहेको पेलेको डकुमेन्ट्रीमा उनले आफ्नो जीवनका कैयौ पक्षहरुबारे कुरा गर्दैछन् । ८० वर्षका यी फुटबलरले आफ्ना सम्बन्ध निकै क्याजुअल भएकोले अहिले आफ्ना कति छोराछोरी छन् भन्ने पनि थाहा नभएको बताएका छन् । पेलेले आफ्ना पत्नी र गर्लफ्रेण्डहरुलाई पनि आफू सम्बन्धमा इमान्दार नभएको बताएका थिए ।

    द सनको रिपोर्टअनुसार पेलेले आफ्ना गर्लफ्रेण्ड र पत्नीहरुलाई यी सबै कुरा थाहा हुने बताएका छन् । मोडल मारिया डा ग्रेसाले १७ वर्षको उमेरमा पेलेसँग डेट गर्न सुरु गरेकी थिइन् । अहिले ५६ वर्षकी यी मोडलले पेलेसँगको यो सम्बन्धलाई खुला सम्बन्ध भनेकी थिइन् । पेलेले जीवनमा तीन पटक बिहे गरेका थिए । यी तीन पत्नीबाट उनका ७ सन्तान छन् । यी ७ सन्तानमध्ये सान्द्रा मेकाडो पनि छिन् । सन् १९९६ मा अदालतले सान्द्र पेलेकै छोरी भएको फैसला सुनाएको थियो । तर, पेलेले भने सान्द्रालाई छोरी मान्न अस्वीकार गर्दै आएका छन् । रिपोर्टका अनुसार सान्द्रा पेले र उनको घरमा घरेलु काम गर्ने महिलाकी छोरी हुन् ।

    १९६६ मा पेलेले २५ वर्षको उमेरमा रस मेरीसँग बिहे गरेका थिए । पेलेका छोरा एडिन्हो ठूलो हुँदा ड्रग्सको गम्भीर समस्याबाट जुधिरहेका थिए । २०१७ मा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । पेलेको पहिलो विवाह १८८२ मा टुंगिएको थियो । १२ वर्षपछि पेलेले गायिका एसिरियासँग बिहे गरे । २००८ मा यी दुईको पनि सम्बन्धविच्छेद भयो । पेले अहिले साओ पाउलोमा ४८ वर्षकी श्रीमती मार्सियासँग बस्छन् । उनले २०१६ मा मार्सियासँग बिहे गरेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij