आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

परमाणु संयन्त्रहरुको निरीक्षणका लागि इरानले दियो राष्ट्रसंघलाई अनुमत्ति

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १०, २०७७



  • एजेन्सी । इरानले आफ्नो देशमा तयार पारिने परमाणु र परमाणु संयन्त्रहरुको निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय परमाणु हतियार निगरानी एजेन्सी आईएईएलाई अनुमति दिएको छ ।

    इरानले आईएईएलाई आफ्नो परमाणु संयन्त्र निरीक्षण गर्न ३ महिनाका लागि अनुमति दिएको हो । विवादास्पद परमाणु संयन्त्रका विषयमा विश्वभर चर्चा चलिरहेकै बेला इरानले यो निर्णय लिएको हो ।

    यसअघि इरानले परमाणु सम्झौता तोडेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ देखि इरानमाथि लगाएको प्रतिबन्ध हालसम्म कायम रहेको अवस्थामा इरानले यो निर्णय लिएको हो ।

    इरानले अमेरिकामाथि सन् २०१५ मा भएको परमाणु सम्झौताको पालना नगरेको आरोप लगाउँदै आएको छ ।

    इरानले दशकौंदेखि आफनो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका साथ गरिएको दाबी गर्दै आएको छ ।

    यद्दपी अमेरिका र अन्य केही राष्ट्रहरुले भने इरानले गुपचुप रुपमा परमाणु संयन्त्र बिस्तार गरिरहेको आरोप लगाउँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij