प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४, २०७७
भारतले नेपालको पछिल्लो राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको भन्दै सर्वोच्च अदालतको मंगलबारको फैसलालाई उसले नेपालको आन्तरिक मामिला भएको जनाएको छ।
भारतको विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा प्रवक्ता अनुराग श्रीवास्तवले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका थिए।
उनले नेपालमा उत्पन्न पछिल्लो राजनीतिक मुद्दालाई आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंग्याउने विषय भएको बताएका छन्।
‘हामी के विश्वास गर्छौं भने यो नेपालको आन्तरिक मामिला हो र नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंगो लगाउने विषय हो’, उनले भने, ‘२३ जनवरीमा नेपालको सर्वोच्च अदालतले गरेको फैसला हामीलाई थाहा छ । केही महिनायता नेपालको राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट हेरिरहेका छौं।’
यसअघि प्रतिनिधिसभा विघटनलगत्तै पनि भारतले यो नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij