आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाइडेन प्रशासनले दियो सिरियामा हवाई आक्रमणको अनुमति

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १५, २०७७



  • President Joe Biden holds his face mask as he speaks during an event to commemorate the 50 millionth COVID-19 shot, in the South Court Auditorium on the White House campus, Thursday, Feb. 25, 2021, in Washington. (AP Photo/Evan Vucci)

    एजेन्सी । अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा एजेन्सी पेन्टागनले यसबारे जानकारी दिएको छ।

    आक्रमणले इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीको लागि निर्देशन दिएको यो पहिलो पटक हो ।

    पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आक्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको बताएको छ। यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए । फेब्रुअरी १५ मा, इरबिलमा एक सैनिक क्याम्पमा आक्रमण भएको थियो जसको नेतृत्व अमेरीकी सेनाले गर्दै आएको थियो ।

    यसका साथै उक्त आक्रमणमा एक अमेरिकी अधिकारी र पाँच ठेकेदार घाइते भएका थिए । यसअघि बगदादमा रहेको अमेरिकी दूतावासमा इरान समर्थित सेनाले रकेट हमला गरेको थियो । जहाँ हरित क्षेत्र सहित अमेरिकी दूतावास र अन्य कूटनीतिक नियोगहरू थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij