आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पत्रकार खशोग्जीको हत्यामा साउदी युवराजको संलग्नता : गुप्तचर

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १५, २०७७



  • काठमाडौं । अमेरिकी गुप्तचर निकायले साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्न साउदी युवराज मोहम्मद विन सलमानले स्वीकृति दिएको रिपोर्टमा सार्वजनिक गरेको छ ।

    बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा साउदी राजकुमारले निर्वासित पत्रकार खशोग्जीलाई पक्राउ गर्न वा हत्या गर्ने योजनालाई स्वीकृति दिएको उल्लेख गरिएको छ ।

    रिपोर्ट सार्वजनिक गरे लगत्तै अमेरिकाले दर्जनौं साउदीमाथि प्रतिबन्ध लगाए पनि राजकुमार सलमानलाई भने कुनै प्रतिबन्ध लगाइएको छैन । साउदी अरबले भने अमेरिकी रिपोर्ट झुटो र अस्वीकार्य भन्दै खारेज गरेको छ ।

    राजकुमार सलमानले पनि खशोग्जीको हत्यामा आफ्नो कुनै संलग्नता रहेको अस्वीकार गर्दै आएका छन् । साउदी राजपरिवारका आलोचक खशोग्जीको सन् २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास भित्र हत्या भएको थियो । साउदी अबरले आधिकारिक रुपमा साउदी एजेन्टले खशोग्जीको हत्या गरेको जनाइसकेको छ ।

    बाइडन प्रशासनले साउदी अरबमा अघिल्लो ट्रम्प प्रशासन भन्दा मानवअधिकार र कानुनी शासनलाई लिएर कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ । यद्यपी मध्यपूर्वमा साउदी अरब अमेरिकाको पूरानो र भरमर्दो सहयोगी हो ।

    एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij