आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गरिबी निवारणमा चीनको नमूना योगदान

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १६, २०७७



  • एजेन्सी । गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्याउने चीनले बताएको छ । चीनमा पूर्ण गरिबी उन्मूलन गरी पूर्वनिर्धारित समय भन्दा दश वर्ष अगाडी नै ‘संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी कार्यसूची’ मा तोकिएको गरिबी निवारणको लक्ष्य पूरा गरेको चिनियाँ अधिकारीले दावी गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले विगत आठ वर्षमा गरिबी निवारणका लागि गरेको पहलबाट करिब दश करोड चिनियाँ नागरिकले गरिबीबाट मुक्ति पाएको बताए ।

    “यसलाई हरेक वर्ष प्राप्त सबैभन्दा ठूलो उपलब्धिका रूपमा चीनले लिएको छ भने विश्वका लागि यो एक उदाहरणीय काम हो,” उनले भने ।विश्वको जनसंख्याको करिब २० प्रतिशत स्थान ओगटेको चीनमा गरिबी निवारण हुनुलाई संयुक्त राष्ट्रसंघ लगायतका संस्थाहरूले प्रशंसा गरेका छन् । यो नियमित प्रगति चीनका लागि मात्र नभई विश्वका लागि पनि ठूलो उपलब्धि भएको चीनको दावी छ ।

    विश्व बैंकको पूर्ण गरिबीको मापदण्ड बमोजिम, अहिलेसम्म विश्वका ७० करोड भन्दा बढी जनसंख्या पूर्ण गरिब अवस्थामा रहेको छ । कोरोना महामारीले गरिबी निवारण प्रक्रियालाई सुस्त पारेपनि चीनले चीनले धेरै कठिनाइलाई जितेर समयमै पूर्ण गरिबी उन्मुलन गरेको चिनिया गरिबी निवारण कार्यक्रमको दावी छ ।

    विश्वका कुनै पनि देशले यस्तै छोटो समयमा यति धेरै जनसङ्ख्यालाई गरिबीको अवस्थाबाट मुक्त गर्न नसकेको तर चीनले सफलताका साथ इतिहास रचेको चीनले आफ्ना अन्तर्राष्ट्रिय मञ्चमा बताउने गरेको छ । चिनियाँ नमुनाबाट अरु देशले गरिबी निवारणका लागि पाठ सिक्न सक्ने देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij