आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आकाश ढाकिने गरी ज्वालामुखी विष्फोट

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १९, २०७७



  • काठमाडौं। हजारौं फिट माथिसम्म आकाश खरानीले ढाकिने गरी ज्वालामुखी विष्फोट भएको छ । विष्फोटपछि नीलो आकाश पूरै खरानीले ढाकिएको थियो र तल बसेर स्थानीयले यो भयानक विष्फोटको दृश्य हेरेका थिए । इण्डोनेसियाको सिनाबुङ पर्वतमा १३ वटा विस्फोट भएको रेकर्ड गरिएको छ जहाँ विष्फोटको खरानी सुमात्राभन्दा ५ हजार मिटर माथिसम्म उछिट्टिएको थियो ।

    पछिल्ला वर्षहरुमा यो ज्वालामुखीबाट ५ किलोमिटरको दायरामा कोही पनि नबस्ने भएकोले यसबाट मानविय वा अन्य क्षतिको सम्भावना तत्कालका लागि नरहेको बताइएको छ । तत्कालको लागि आसपासका क्षेत्र खाली गर्न आदेश दिइएको छैन र कुनै उडानहरु पनि प्रभावित भएको खबर छैन तर स्थानीयहरु पनि कुनै जोखिम लिने पक्षमा छैनन् । ‘त्यहाँका बासिन्दा त्रसित छन्, बाक्लो ज्वालामुखीको खरानीबाट बच्न धेरै जना घरभित्रै बसिरहेका छन्,’ ४१ वर्षका रोय बांगुनले एएफपी समाचार एजेन्सीलाई बताए।

    सिनाबुङका निगरानी अधिकृत मुहम्मद नुरुल अस्टोरीले मंगलबारको धुवाँ र खरानीको बादल सन् २०१० पछि उनले देखेको सबैभन्दा ठूलो थियो र उनले यो अझै ठूलो हुन सक्ने चेतावनी दिए । ‘कुनै पनि बेला ठूलो लाभाको डोम फुट्न सक्छ, जसले गर्दा तातो बादलको ठूलो पहिरो आउन सक्छ,’ उनले भने । अहिलेसम्म कोही पनि घाइते भएको रिपोर्ट गरिएको छैन । अधिकारीहरुले भने मानिसहरूलाई क्रेटरबाट कम्तीमा २ किलोमिटर टाढा बस्न आग्रह गरेका थिए ।

    ८,५३० फिट अग्लो सिनाबुङ ज्वालामुखी शताब्दीऔंसम्म सुषुप्त थियो । सन् २०१० मा सयौं वर्षपछि यो पुनः जीवित भएर विस्फोट हुँदा दुई जना मानिसको मृत्यु भएको थियो । केही समयको निष्क्रियतापछि सन् २०१३ मा फेरि यो विस्फोट भयो र त्यसबेलादेखि यो एकदमै सक्रिय रहेको छ । सन् २०१४ मा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने सन् २०१६ मा भएको विस्फोटमा सात जनाको मृत्यु भएको थियो । माउन्ट सिनाबुङको सक्रियता गत वर्षदेखि बढेको छ र यसलाई उत्तरी सुमात्रा प्रान्तको लागि दोस्रो स्तरको सतर्कतामा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij