आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यमनको आप्रवासी शिविरमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ६० पुग्यो

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २५, २०७७



  • साना । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा आइतबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या बढेर कम्तीमा पनि ६० पुगेको बताइएको छ । मंगलबार बिहानसम्ममा यो आगलागीमा परेर ज्यान जाने व्यक्तिको संख्या ६० पुगेको यहाँका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन् । उनले यस आगगालीमा परेर कम्तीमा पनि ६० जना आप्रवासीको ज्यान गएको मंगलबार बिहान जानकारी गराएका बताइएको छ ।

    त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका कर्मचारी परेको बताइएको छ । कतिपय यहाँ ज्यान गुमाउनेमा अफ्रिकी नागरिक पनि परेका ती सुरक्षा अधिकारीले जानकारी दिए । साथै यस दुर्घटनामा परेर एक सय जना भन्दा बढी घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । सो संगठनले यसमा परेर जलेका र अरु घाइतेहरुलाई आवश्यक सहयोग गरिरहेको जनाएको छ ।

    आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले दिएको जानकारी अनुसार सो आगलागीका कारण धेरै मानिस अझै जलेका छन् र केही भागदौडमा परेर घाइते भएका छन् । उनले मंगलबार पनि आफ्नो ट्वीटरमार्फत् केही घाइतेहरुको अवस्था गम्भीर रहेको पनि जानकारी गराए । आईओएमले विशेषगरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको उनले जानकारी दिएका छन् ।

    हिजो नै त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका बताइएको थियो । सोमबार त्यसमा परेर आठ जनाको मात्र मृत्यु भएको बताइएको थियो । त्यसमा परेर ज्यान जानेमा कतिपय नागरिक अवैध रुपमा अफ्रिकाबाट यमन पसेका पनि रहेका छन् । उनीहरु त्यहाँ आउनुअघि प्रस्थानसम्बन्धी प्रक्रिया पनि पूरा नगरेको पाइएको पनि एक समाचारमा जनाइएको छ ।

    आगलागीमा परेकामध्ये सोमबार राति र मंगलबार बिहानसम्म ६० जनाको मृत्यु भएको हो । तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् । सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन । यमन गएका केही वर्षदेखि हिंसाको चपेटामा परेको छ । यहाँको हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । यस हिंसाका कारण यमनका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परिरहेको पनि बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij