आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना खोप लगाउन नगएपछि खोज्दा मृत भेटिएकी महिला १२ वर्षअघि मरिसकेको हुन सक्ने

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २७, २०७७



  • काठमाडौं। कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने सूचीमा रहेकी एक महिला भ्याक्सिन लगाउन नगएपछि खोजी गर्ने क्रममा मृत भेटिएकी थिइन् । ती महिलाको मृत्यु १२ वर्ष अघि नै भइसकेको हुन सक्ने आशंका गरिएको छ । क्रिस्टिना माले नामकी ती महिलाको स्कटल्याण्डको अबेर्डिनस्थित घरमा २५ फेब्रुअरीका दिन अस्थिपंजर भेटिएको थियो । यो घरमा उनी आफ्ना पतिसँग बस्थिन् ।

    उनका पति ७८ वर्षका ड्यानियल मालेले आफ्नी पत्नीको मृत्यु भएपछि उनको शव आफूसँगै राखेको बताएका छन् । ड्यानियल आफ्नी पत्नीसँग छुट्टिन चाहँदैनथे र उनको मृत्यु भएपछि पनि उनले आफ्नी पत्नी आफूलाई छोडेर गएको स्वीकार गर्न सकेनन् । त्यसैले उनले शव घरमै राखेका थिए । रेकर्डअनुसार अहिले ८० वर्षभन्दा माथि उमेरकी भइसकेकी ती महिला कोरोना खोप लगाउन नगएपछि नर्सहरु खोज्दै आउँदा उनको अस्थिपंजर फेला परेको थियो ।

    अनुसन्धानकर्ताहरुले ती महिलाको मृत्यु वास्तवमै कहिले भएको थियो र कसरी भएको थियो भन्ने निश्चित समय र कारण खोजिरहेका छन् । इभिनिङ एक्सप्रेसका अनुसार उनको मृत्यु एक दशकभन्दा पहिले नै नभइसकेको हुन सक्ने आशंका गरिएको छ । अनुसन्धान टिमको एक स्रोतका अनुसार ड्यानियलले आफ्नी पत्नीको मृत्यु केही वर्ष अगाडि प्राकृतिक कारणले भएको बताएका छन् । उनी पत्नीसँग छुट्टिन चाहँदैनथे त्यसैले उनले शवलाई घरमै राखे । कसैले पत्नीको बारेमा सोधे उनी विदेश गएको बताउँथे ।

    छिमेकीहरुले ती महिला त्यो घरमा भएको हुन सक्नेबारे आफूहरुले अनुमान समेत नगरेको बताएका छन् । तर, सरकारी रेकर्डमा भने ती महिला २५ वर्षदेखि त्यही घरमा थिइन् । छिमेकीहरुका अनुसार महिलाका पति ड्यानियल स्थानीय पब र अखबार पसलमा नियमित ग्राहक थिए । तर, छिमेकीहरुले उनलाई पत्नीको साथमा कहिल्यै देखेका थिएनन् । रेकर्डका अनुसार ड्यानियल र क्रिस्टिनाको बिहे १९७६ मा भएको थियो र उनीहरु १९९५ देखि यो घरमा बस्दै आएका थिए ।

    स्थानीयका अनुसार उनीहरुको घरमा कोही आउँदैनथे र उनीहरुलाई ड्यानियलका कोही आफन्त वा साथीहरु नभएको जस्तो लाग्थ्यो । ड्यानियलले हेरचाह र मेडिकल सहयोग पनि पटक पटक अस्वीकार गर्दै आइरहेका थिए । एक स्थानीयका अनुसार नर्सहरुले ती महिलाका बारेमा सोध्दा उनले त्यो घरमा ड्यानी मात्रै बस्ने जवाफ दिएका थिए । त्यसपछि नर्सहरुले महिलालाई खोज्ने क्रममा उनको शवको अवशेष भेटिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij