आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्रिकेटर जसप्रित बुमराहले गरे बिहे

  • प्रकाशित मिति : सोमवार, चैत्र २, २०७७



  • काठमाडौं। क्रिकेटर जसप्रित बुमराहले बिहे गरेका छन् । सोमबार स्पोर्ट एंकर संजना गणेशनसँग जसप्रितको विवाह भएको हो । गोवामा निकै नजिकका सीमित पाहुनाको उपस्थितिमा उनीहरुको बिहे भएको हो । सूत्रका अनुसार बिहेअघिका सबै परम्परा आइतबार नै पूरा भइसकेका थिए । निकै खास पाहुनामात्र विवाहमा सहभागी थिए र पाहुनालाई मोवाइल फोन लैजान पनि अनुमति थिएन ।

    एक समाचार च्यानलका अनुसार बिहेमा केवल २० जना सहभागी भएका थिए । महामारीका कारण धेरै पाहुनालाई निम्ता गरिएको थिएन । इङल्याण्डविरुद्ध चौथो टेस्टपछि अचानक विदा लिएपछि बुमराहको बिहेको चर्चा चल्न थालेको थियो । पहिले उनको बिहे दक्षिण भारतकी एक अभिनेत्रीसँग जोडियो । पछि संजनासँग बिहे हुन लागेको खबर आयो । मिडियामा आएका हल्लाबारे बुमराहलगायत कसैले केही बोलेका थिएनन् । एकैपटक बिहेपछि बुमराह स्वयंले तस्वीर शेयर गरेका हुन् ।

     

    बुमराह र संजनालाई व्यवसायिक रुपमा खेल मैदानमा बाहेक अन्यत्र साथमा देखिएको थिएन । यसअघि कुनै मिडिया रिपोर्टमा उनीहरुको प्रेम सम्बन्धको खबर पनि आएको थिएन । सबैभन्दा पहिले स्पोर्टसकीडामा उनहिरुको बिहेको खबर आएको थियो । २८ वर्षकी संजना एक स्पोर्ट एंकर तथा प्रिजेन्टर हुन् । पछिल्लो समय उनी कैयौं प्रतियोगितामा देखिएकी थिइन् । उनी आइपिएलमा सक्रिय रहनुका साथै स्टार स्पोर्टस च्यानलमा आबद्ध छिन् ।

    संजनाले आइसीसी विश्वकप २०१९ देखि इण्डियन प्रिमियर लिग (आइपिएल) समेत होस्ट गरिसकेकी छिन् । यसका अलावा संजना कोलकाता नाइटराइडर्सकी पनि एंकर रहेकी थिइन् । संजनाले २)१३ मा फेमिना गर्जियसको उपाधि पनि जितेकी थिइन् । उनले एमटिभीको रियालिटी शो स्प्लिट्सभिलाबाट टेलिभिजन डेब्यू गरेकी थिइन् । संजनाले इन्जिनियरिङ पढेकी छिन् । उनी २०१४ मा मिस इण्डियाको फाइनलसम्म पुगेकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij