प्रकाशित मिति : सोमवार, चैत्र २, २०७७
काठमाडौं। कुनै बेला एकै पार्टीका दुई अध्यक्ष रहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यतिबेला भने सुमधुर सम्बन्ध छैन।
सर्वोच्च अदालतले दुई पूर्ववत पार्टीलाई ब्युँताउनुअघि प्रचण्डकै अगुवाईमा ओलीलाई नेकपाको साधारण सदस्यसमेतबाट हटाइएको थियो र संसदीय दलको नेताबाट पनि हटाइएको थियो।
तर, सर्वोच्चले नेकपा खारेज गरिदिएपछि अहिले ओली र प्रचण्ड फरक फरक पार्टीका अध्यक्ष छन्। तर, सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन। जसको कारण ओली नेतृत्वको सरकार टिकिरहेको छ।
यसैबीचमा सोमबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर वार्ताका लागि प्रस्ताव गरेको चर्चा छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले फोन गरेको पनि स्वीकार गरेनन्, नगरेको पनि स्वीकार गरेनन्। उनले डिसी नेपालसँग भने, ‘राजनीतिमा कसैलाई फोन नगर्ने भन्ने हुँदैन।’
तर प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने फोनवार्ता नभएको दावी गरे। उनले डिसी नेपालसँग भने, ‘यस्तो बेला फोनमा कुरा भयो भन्ने विश्वास गर्न नसकिने कुरा हो।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij