आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिरोको घरमा जबरजस्ती छिरेर रक्सी पिउँदै मच्चाए हंगामा

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १०, २०७७



  • एजेन्सी । कप्तान ज्याक स्प्यारोको चरित्र निभाएका कारण आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता जोनी डेपको बारेमा सारा विश्वभरि एक अनौठो खबर फैलियो ।

    हलिउड हिल्समा अवस्थित हलिवुड अभिनेता डेपको घरमा अज्ञात व्यक्ति प्रवेश गरेको खबरले विश्वभर तहल्का मच्चाएको छ ।

    छिमेकीहरूले ती व्यक्तिलाई घर पछाडिको स्विमिङ पुलनजिक हिंडेको देखेर प्रहरीलाई खबर गरेका थिए ।

    एक टीएमजेड रिपोर्टका अनुसार अभिनेताका छिमेकीले ती व्यक्तिलाई त्यहाँ आउनुको कारण सोध्दा ती व्यक्ति ढोका फोरेर भित्र पसेका थिए ।

    जब प्रहरी आइपुग्यो ती अज्ञात व्यक्ति नुहाउँदै थिए र उनले ढोका खोल्न अस्वीकार गरे।

    यो मात्र होइन, उनी अभिनेताको घरमा बसेर रक्सीको स्वाद लिइरहेका थिए । ती व्यक्तिलाई घरको ढोका फोरेर भित्र पसेको भन्दै मुद्दा हालिएको छ ।

    यो पहिलो पटक भने होइन । यसअघि जनवरीमा पनि एक अज्ञात महिला जोनी डेपको घरमा प्रवेश गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij