आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा एकैदिन ५३ हजार बढी कोरोना संक्रमित थपिए

  • प्रकाशित मिति : बिहिबार, चैत्र १२, २०७७



  • एजेन्सी । भारतमा कोरोना भाइरसको महामारीले पुन त्रास फैलाएको छ । बितेको २४ घण्टामा देशभर ५३ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

    पाँच महिनाको अवधिमा भारतमा बुधबार एकैदिन ५० हजार बढी संक्रमित फेला परेका हुन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५३ हजार ४७६ नयाँ संक्रमित फेला परेका छन् । २ सय ५१ जनाको मृत्यु भएको छ ।

    साथै २६ हजार ४९० जनाले कोरोना जितेका छन् । भारतमा हालसम्म १ करोड १७ लाख ८७ हजार ५३४ जना कोरोनाबाट संक्रमित भएका छन् ।

    अहिले एक्टिभ संक्रमितको संख्या ३ लाख ९५ हजार १९२ जना रहेको छ । भारतमा हालसम्म कोरोनाका कारण १ लाख ६० हजार ६९२ जनाको मृत्यु भैसकेको छ ।

    भारतमा हालसम्म ५ करोड ३१ लाख ४५ हजार ७०९ जनाले कोरोना खोप लगाइसकेका छन् ।

    होलीको मुखमा फैलिएको कोरोना महामारीका कारण सरकार चिन्तित देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij